Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

हत्कडीसहित अमेरिकाबाट फर्काइएकाहरु मानवतस्करबारे उजुरी दिन अनिच्छुक


अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपाली नागरिकलाई प्रहरीले परिवारको जिम्मा लगाएर छाडेको छ । अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका नेपाली नागरिकहरुलाई सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मा लगाएको हो ।

ब्यूरोका एसपी नरेन्द्र कुँवरका अनुसार, उनीहरुमार्फत मानवतस्करीको कुनै नेक्ससबारे जानकारी आउँछ कि भन्ने हिसाबले सोधपुछ गरिएको थियो । ‘तर उनीहरुले त्यस्तो सूचना दिने इच्छा व्यक्त गरेनन् । ‘अमेरिका पुग्नुअघि उनीहरु विभिन्न मुलुक भिजिट भिसामा गएका थिए । त्यसबाहेक उनीहरुले व्यक्तिगत लेनदेनका कुराहरु पनि खुलाउन चाहेनन् ।

अहिले उनीहरुलाई परिवारको जिम्मा लगाइए पनि रेकर्ड राखिएकाले पछि समेत यो मामलालाई ब्यूरोले फलोअप गरिरहने उनले बताए । ग्रिफान एयरको बुधबार चार्टर्ड विमानमार्फत ८ जना नेपाली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । त्यसपछि अध्यागमन विभागले उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाएको थियो ।

ब्यूरोले अमेरिकाबाट फर्काइएका नेपालीहरुसँग विविध विषयमा सोधपुछ गरेको थियो । त्यसक्रममा उनीहरुलाई हत्कडी र नेल लगाएर ल्याएको खुलेको थियो । ट्रान्जिटपछि खुट्टाको चेक भने खोलिदिएको एक जनाले बताएका छन् । प्रहरीका अनुसार, उनीहरुलाई राज्यसँग कुनै गुनासो छ भनेर समेत सोधिएको थियो । त्यसक्रममा उनीहरुले अमेरिका वा आफ्नो देशसँग कुनै गुनासो नभएको बताएका थिए ।

प्रहरीका अनुसार, ८ जना करिब ६ महिना अगाडि मात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए । उनीहरु विचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएर मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए । ‘जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर उनीहरु अमेरिका पुगेका थिए


प्रतिक्रिया दिनुहोस !
विचार