Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

कोटीहोम क्षेत्रमा हतियार बोकेको समूह तैनाथ


मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि कोटीहोम क्षेत्रमा रड र हतियार बोकेको समूह तैनाथ गरिएको छ । केहीबेर अघि भूमिपुजन गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप भएपछि कोटीहोम आयोजक पक्षले रड र हतियार बोकेको समूह तैनाथ गरेको हो ।

पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको छ । मेयर धनराज गुरुङले नगरप्रहरी खटाएका छन् । ‘कार्यक्रमको अनुमति महानगरले दिएको छैन ।

नगरप्रहरीले स्थानीयमाथि हातपात गरेको स्थानियहरुको भनाई छ । नगर प्रहरीले स्थानीय मिलन पहारीलाई कुटपिट गरेको हो । घाइते उनलाई उपचारका निम्ति मेट्रोसिटी अस्पताल लगिएको जनाइएको छ ।

बाराहीघाटमा बाक्लो संख्यामा नगर प्रहरी र प्रहरीहरू तैनाथ गरिएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यविरुद्ध स्थानीयले नाराबाजी गरेका छन् ।
महानगरले भने अनुमतिबिना कोटिहोम गर्न लागिएको हुँदा रोक्न खोजिएको जनाएको छ ।

केही वडाध्यक्ष पनि त्यहाँ उपस्थित छन् । ५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको हो । पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ ।

फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार