Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

तिब्बतमा ५.९ म्याग्निच्युडको भूकम्प


नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको छ ।

तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए ।

भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो । आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।

गत पुस २३ गते तिब्बतकै सिगात्सेस्थित दिङ्गे काउन्टीमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार