Logo
३० जेष्ठ २०८३, शनिबार
|  Sat Jun 13 2026

कोषाध्यक्ष पदको दाबेदारीमा रहेका लामाको पद खोसियो


अनेरास्ववियु आरआर क्याम्पस कमिटी सहसचिव उमेश लामाको पद खोसिएको छ । चैत्र ५ गते हुने स्ववियू निर्वाचनको चुनावमा कोषाध्यक्षको दाबेदारमा रहेका लामाको पद खोसिएको हो । पद खोसिएपछि लामाले आफू उम्मेदवारसमेत नरहेको घोषणा गरेका छन् ।

संगठनका तर्फबाट प्रत्यक्ष सदस्य पदका उम्मेदवार बनाइएका लामाले उम्मेदवार नरहने घोषणा गरेका हुन् ।

आज मात्र घोषणा भएको टिममा केन्द्रिय कमिटीले पठाएको उम्मेदवारको लिष्टमा लामा कोषाध्यक्षको उम्मेदवार रहे पनि पछि क्याम्पसमा नाटकिय ढंगले नेकपा एस निकट अनेरास्ववियूसँग एमाले निकट अनेरास्ववियुले गठबन्धन गर्दा लामाको कोषाध्यक्ष पद खोसिएको लामाले बताए ।

‘मैंले एकल ल्याउने जति मत पनि नभएको संगठनसँगको तालमेलले म जस्ता अन्य साथिहरू पनि चुनावी मैदानबाट बाहिरिनु पर्ने अवस्था आएको छ’ लामाले भने । यति मात्र होइन भौगलिएताको रटान लगाउनेहरूले आफ्ना भुगोलका मान्छे च्याप्नाले पनि हामी पछि पर्नुपर्ने बाध्यता ल्याइयो । यो हामीलाइ मान्य हुने छैन । बरू चुनावी मैदान बाहिरै रहने निर्णय गरेको छु ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार