Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

बालिका बलात्कार आरोपमा सशस्त्रका सई पक्राउ


महोत्तरीको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) बलात्कार आरोपमा पक्राउ परेका छन् ।

रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी नायब निरीक्षक धर्मेन्द्र महतोलाई पक्राउ गरिएको महोत्तरीका एसपी नकुल पोखरेलले बताए ।
महतोमाथि १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।

एसपी पोखरेलका अनुसार मर्निङवाकमा जाँदा महतोले अश्लिल शब्द बोलेको र सोही घटनालाई लिएर दिउँसो बालिकाका बुवा सोधपुछ गर्न सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा पुगेका थिए ।

पछि विवादले उग्ररुप लिँदै गएपछि स्थानीयले नाराबाजी गर्दै कारबाहीको मागसहित बेस क्याम्प घेराउ गरेका थिए । स्थानीयले कारबाहीको माग गरेपछि आरोपित महतोलाई सशस्त्र प्रहरीले नै पक्राउ गरेर अनुसन्धानका लागि जनपद प्रहरीलाई बुझाएको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयले सशस्त्र प्रहरी पोस्ट घेराउ गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार