Logo
३२ असार २०८३, बिहीबार
|  Fri Jul 17 2026

कैलालीको जंगलमा बसेका विदेशीहरुलाई हटाउन प्रहरी परिचालन


‘रेन्बो फेमिली ग्यादरिङ,’ नाम दिएर कैैलालीको जंगलमा बिनाअनुमती २० दिनदेखी बस्दै आएका १६ देशका १५० भन्दा धेरै विदेशी नागरिकहरुलाई हटाउन प्रहरी परिचालन गरिएको छ । स्थानीय प्रशासनले उनीहरूलाई उक्त ठाउँ छाड्न यसअघि नै निर्देशन दिएको थियो। तर बाटोखर्च नभएकाजस्ता विभिन्न समस्या देखाएर उनीहरू जंगलमै बसिरहेका थिए ।

गत बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल सहित स्थानिय प्रशासनले २४ घण्टाभित्र उक्त ठाउँ छाड्न निर्देशन दिएपछि १६ जनाले जंगल छाडेर गन्तव्यतर्फ लागेपनि अन्य भने त्यहिँ बस्दै आएका थिए । उनीहरुलाई हटाउँन आज प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ ।

‘रेन्बो फेमिली ग्यादरिङ,’ समूहका सदस्य बताउने अमेरिका, भारत, चीन लगाएत विभिन्न १६ देशका मानिस सोही ग्रुपमा जोडिएका कारण कैलालीको जंगलमा पुगेर बस्दै आएका थिए। पर्यटक भिसामा नेपाल आएका उनीहरू आफूलाई ‘नेचर लभर’ भएको दाबी गर्दै आएका छन्।

उनीहरू अनुमति नै नलिएर जंगलमा नाचगान गरेर आगो बालेर बस्ने गरेको, कतिपय मानिस लागुऔषध सेवन गरिरहेको अवस्थामा फेला परेको, अस्वभाविक गतिविधि गर्ने गरेको प्रहरीको भनाइ छ।

गत बुधबार २४ घण्टाभित्र जंगलबाट निस्कन निर्देशन दिँदा पनि बिभिन्न समस्या देखाउँदै अटेर गरेर बस्नेहरुलाई प्रहरी परिचालन गरेर हटाउन लागिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार