प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञानेन्द्र शाहीले कता हिडेको सरकार इन्भटर किन्नलाई ? भन्दै प्रश्न गरेका छन् । उज्यालोका पर्यायवाची भनेर चिनिने कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि शाहीले सामाजिक सञ्जाल मार्फत यस्तो प्रश्न गरेका हुन् । उनले प्रधानमन्त्री र आफ्नो तस्बिर सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्ः
कता हिडेको सरकार ? इन्भटर किन्नलाई …
लोडसेडिङ गर्नलाई ।
अन्धाकार ल्याउनलाई ।
सालोलाई पालो दिनलाई ।
कुलमान हटाउदै जनता रुवाउदै ……
२०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि प्राधिकरण प्रमुखमा नियुक्त गरिएका घिसिङको अवधि २०८२ साउन २५ गते सकिँदै थियो । तर कार्यकाल सकिनुभन्दा चार महिना अघि नै चैत ११ गते बेलुका बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदमुक्त गरेर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेपछि अहिले सडकदेखि सदनसम्म तात्तिरहेको छ ।
घिसिङलाई पद मुक्त गरेपछि बिभिन्न संगठनमा आवद्ध नेता तथा कार्यकर्ता र कुलमानका समर्थकहरुले ऊर्जामन्त्री दीपक खड्काको बिरोध गर्नुका साथै ठाउँठाउँमा पुत्ला दहन गरेका थिए ।
आजको प्रतिनिधि सभाको संसद बैठकमा अबैधानिक रुपमा कुलमान घिसिङलाई हटाएको बिषयमा राप्रपाले सरकार सगँ जबाफ मागेको छ । साथै पुनः नियुक्तिको लागि दबाब दिएकोछ ।।
https://www.facebook.com/share/p/15iKBjrLCQ/





