Logo
२६ फाल्गुन २०८२, बुधबार
|  Wed Mar 11 2026

सम्पादक भण्डारीलाई राष्ट्रिय डिजिटल मिडिया उत्कृष्ट पत्रकारिता अवार्ड


आजको प्रेस डटकमका सम्पादक रोहित भण्डारी ‘राष्ट्रिय डिजिटल मिडिया उत्कृष्ट पत्रकारिता अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । बुधबार राजधानीमा आयोजित एक समारोहका बीच उपसभामुख इन्दिरा राना मगर, सांसद गणेश पराजुली, अनलाइन टीभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी लगायतले मेडलसहित अवार्ड प्रदान गरेका हुन् ।

दोलखामा जन्मिएका भण्डारी दुई दशकदेखि निरन्तर पत्रकारिता गर्दै आइरहेका छन् ।  प्रेरणादायी पुस्तक लेखकका रुपमा समेत परिचित भण्डारीले २०७४ सालमा नेपाल सरकारबाट राष्ट्रिय युवा प्रतिभा सम्मान समेत प्राप्त गरेका थिए ।

बुधबार न्युज एक्सप्रेसकोे आयोजनामा भएको दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ अन्तर्गत वरिष्ठ पत्रकार हरिहर बिरहीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ले सम्मानित गरिएको थियो । यसैगरी पत्रकारहरू जगदीश खरेल, ठाकुर बेल्बासे, ममता थापा, नबराज कुँवर, सञ्जीव रेग्मी, केशवराज जोशी, गोपीकृष्ण चापागाईं लगाएतलाई पनि सम्मान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार