
(रास्वपा) सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । सहकारी ठगीको आरोपमा चारवटा जिल्ला अदालतमा मुद्दा झेलिरहेका रवि कात्तिक २ गते पक्राउ परेका थिए ।
पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो । सोमबार दिउँसो केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने केन्द्रीय समितिको विशेष बैठकपछि दोस्रो बैठकको नेतृत्व रविलाई सभापति बनाउने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जनाएका छन् । ‘भोलि केन्द्रीय समितिको विशेष बैठक बस्छ । पहिलो बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन गर्नुहुन्छ । दोस्रो बैठक रविजीको सभापतित्वमा बस्छ ।
बैठकको एजेण्डा उहाँले नै पेस गर्नुहुन्छ । राजनीतिक प्रतिवेदन पेस गर्ने एजेन्डा छैन’, बुर्लाकोटीले भने । रवि पक्राउ परेपछि मंसिर १० गते महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकको सभापतित्व उपसभापति अर्यालले गरेका थिए । शनिबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
सरकारले रविविरुद्ध कास्कीसहित काठमाडौँ, रुपन्देही, चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । पर्सा जिल्लामा अनुसन्धान भइराखेकाले अहिलेसम्म मुद्दा दायर गरेको छैन ।
चारवटै जिल्ला अदालत गरी कुल दुई करोड ७९ लाख धरौटी रकममा छोड्न आदेश दिएको छ ।