Logo
१४ श्रावण २०८३, बिहीबार
|  Fri Jul 31 2026

रवीन्द्र र धवलसहित ४१ जनालाई दोस्रोे पटक अदालत लगियो


राजावादी आन्दोलनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणासहित ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि आज (बुधबार) अदालत लगिँदैछ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने प्रहरीले जनाएको छ । आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।

उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरुलाई आज दोस्रो पटक म्याद थप गर्न लैजान लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिल राज बोहराले बताए ।

म्याद थप गर्न लैजान लागिएकाहरूमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणासहितका व्यक्तिहरू छन् । मंगलबार मात्रै थप १८ जनालाई पक्राउ गरेर म्याद थप गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार