Logo
१४ श्रावण २०८३, बिहीबार
|  Fri Jul 31 2026

राजावादी आन्दोलनमा संलग्न आरोपमा एनी कुँवर पक्राउ


चैत्र १५ गते राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ ।उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

‘त्यहीँ पत्रकारको मृत्यु भएको छ, लगभग उस्तै समयमा उनी झर्दै गरेको देखिएको छ’, उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले भने, ‘त्यसैले सोधपुछका लागि ल्याएका छौं ।’ अरुको घरमा अनाधिकृत रुपमा प्रवेश गरेको आरोप समेत उनीमाथि प्रहरीले लगाएको छ ।

१५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो, २० जनालाई प्रहरीको गोली लागेको थियो । घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो प्रकरणमा राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायत हिरासतमा छन् भने प्रसाईं फरार छन् ।

कुँवर ललितपुरबाट पक्राउ परेकी हुन् । उनी अभिनेत्री समेत हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार