
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरिएको छ । तिनाउ गाउँपालिका ३ को बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले पुरेको हो ।
बुटबलबाट पाल्पाको भैरवस्थान तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज०२७६ नम्बरको कार माथिबाट आएको पहिरोको कारण पूर्ण रुपले क्षति भएको छ । कारमा सवार यात्रु सकुसल रहेको दोभान प्रहरीले जनाएको छ ।
पहिरो बिहानको समयमा गएको थियो । हिजो र आज परेको पानीका कारण पहिरो जाँदा ठाउँ ठाउामा बाटो अवरुद्ध भएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले यात्रा गर्दा मौसम र बाटोको अवस्था बुझेर यात्रा गर्न अनुरोध गरेका छन् । अहिले पुरिएको कार निकाल्ने काम भइरहेको जनाइएको छ ।