
सरसफाई क्षेत्रमा क्रियाशिल दक्षिण एशियाली ट्रेड युनियन संगठनहरुको क्षेत्रीय गोष्ठी सम्पन्न क्षेत्रमा क्रियासिल दक्षिण एशियाली ट्रेड युनियन संगठनहरुको क्षेत्रीय गोष्ठी सम्पन्न भएको छ ।
पिएसआइद्धारा हालै काठमाडौंमा आयोजित दुई दिने गोष्ठीमा पाकिस्तान, भारत, बंगलादेश र नेपालका गरी चार संघसंस्थाका ३० भन्दा बढी प्रतिनिधिहरु सहभागि थिए ।
सरसफाई तथा सामुदायिक स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरुको समस्या, पारिश्रमिक निर्धारण, चुनौती र समस्या समाधानका विषयमा गोष्ठी केन्द्रित रहेको कार्यक्रमका संयोजक बुद्ध मगरले बताए । गोष्ठीमा नेपालका तर्फबाट आइएल्लो तथा नेदरल्याण्डका तर्फबाट एफएमबीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालका जुनु मिश्र र रमिला देउलाले सरसफाई क्षेत्रमा हुने समस्या, चुनौती र पारिश्रमिकका बारेमा आफ्नो धारणा राखेका थिए । यस्तै भारत तमिलनाडुकी लक्ष्मी र मुम्बैकी प्रमिला सोलान्कीले हरेक दिन सरसफाई क्षेत्रमा हुने समस्या र आफ्ना अनुभव सुनाउँदै यस क्षेत्रको समस्या र चुनौतीबारे बोलेका थिए ।
सरसफाई क्षेत्रमा काम गर्नेहरुलाई हेर्ने नजर र गरिने व्यवहार फरक रहेको भन्दै उक्त सोच परिवर्तन गर्न आवश्यक रहेको कुरामा सहभागीहरुले जोड दिएका थिए । दुई दिने क्षेत्रीय गोष्ठीले पाँच बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
सार्वजनिक सरसफाईलाई मर्यादित तथा सुरक्षित बनाउन पहल गर्ने, सरोकारवाला निकायलाई एकताबद्ध गर्ने, विभिन्न देशहरुबीच नेटवर्क स्थापना गर्ने तथा साझा मुद्धामा समन्वय गरेर एकताबद्ध गर्दै जाने कुरामा सहभागीहरुको सहमति भएको बताइएको छ ।