Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया छः गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलियाहरुको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको जिकिर गरे। उनले बिचौलियाहरुको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिले समस्या सिर्जना भइरहेको बताए ।

पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भएपनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको बताए ।

महामन्त्री थापाले भने, ‘प्राइभेट सेक्टर र बिचौलिया भनेको फरक कुरा हो। हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो। बिचौलियाहरुः म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ। बिचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो। नेतृत्वको बेडरुमसम्म हुने भयो। मलाई अहिलेसम्म थाहा थिएन।’

महामन्त्री थापाले आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको जिकिर गरे। नागरिक बलियो भए मात्रै राज्य बलियो हुने बताए। त्यस्तै आफूहरू फोहोर सफा गर्नका लागि पोखरीमा पसेको थापाको भनाइ छ ।

फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिले काहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिए पनि आफूहरू फोहोरमा मिसिन नभई सफा गर्नका लागि गएको बताए ।

अहिलेको सरकार नेपाली कांग्रेस सम्मिलित सरकार भएकाले सरकारको पर्फमेन्स बढाउन आफूले चाहेको उनले जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार