Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

आन्दोलनरत शिक्षकहरुलाई शिक्षा मन्त्रीको सन्देश…


बिभिन्न माग राख्दै देशभरका शिक्षकहरु निरन्तर सडक आन्दोलनमा उत्रिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूको माग सम्बोधन गर्ने गरी संसद अधिवेशन आह्वान भएको स्मरण गराउँदै आन्दोलन रोक्न आग्रह गरेकी छिन् ।

एक भिडिओ सन्देश जारी गर्दै मन्त्री भट्टराईले मंगलवारको मन्त्रिपरिषद् बैठकले शिक्षकहरूको मागलाई सम्बोधन गर्ने गरी निर्णय गरेको स्मरण गराएकी हुन् । विद्यालय शिक्षा विधेयक संसदको शिक्षा, स्वास्थ्य तथा सूचना समितिमा छलफलमा रहेको र वैशाख १२ गते १ बजे बस्न्े बैठकबाट नै विधेयक अगाडि बढ्ने बताइन् ।

उनले भनेकी छन्, ‘शिक्षकहरूले निरन्तर रूपमा भन्दै आउनुभएको विद्यालय शिक्षा विधेयक–२०८० संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निरन्तर छलफलमा रहिरहेको छ ।

यो विधेयकलाई छिटोभन्दा छिटो पारित गरियोस् भन्ने उहाँहरूको मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते १ बजे त्यही विषयलाई समेत सम्बोधन हुने गरी संसद्को बर्खे अधिवेशन आह्वान गरेको छ ।’ यस्तै, उनले मन्त्रालयको तर्फबाट शिक्षकहरूसँग निरन्तर संवाद गर्न सहजीकरण समिति निर्माण गरी छलफल वातावरण बनाउने काममा आफूहरू लागेको उनले बताइन् ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । देशभरका शिक्षकहरु चैत २० गतेदेखि निरन्तर काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार