Logo
१४ श्रावण २०८३, बिहीबार
|  Fri Jul 31 2026

उपचारका लागि छुट्दै राप्रपा सांसद राणा


चैत्र १५ गते भएको तीनकुने प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ ।

उनलाई उपचारका लागि छाड्ने तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उपचार लगत्तै उनी पुनः कानुनी प्रक्रियामा ल्याइने तयारीसहित छाड्न लागिएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
‘अहिले उपचारका लागि उहाँलाई पठाउन लागिएको हो,’ गृह स्रोतले भन्यो, ‘लगत्तै उहाँलाई कानुनी प्रक्रियामा फर्काइनेछ ।’

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !
विचार