Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

हर्क साम्पाङविरुद्ध फेरि मुद्धा


धरानका मेयर हर्क साम्पाङविरुद्ध सामुदायिक वन क्षेत्रको रुख काटेको भन्दै डिभिजन वन कार्यालय सुनसरीले छानबिन सुरु गरेको छ । फायर लेन बनाउने भन्दै मेयर साम्पाङले धरान २० बिष्णुपादुका सामुदायिक वनको जङ्गलमा रुख काटेको आरोप छ ।

मेसिन प्रयोग गरेर आफैले अनुमति विना रुख काटेको भन्दै डिभिजन वन कार्यालय सुनसरीले छानबिन थालेको हो । साम्पाङले चैत्र १९ गते मेसिन प्रयोग गरेर रुख काटेको उजुरी डिभिजन वन कार्यालय सुनसरीमा परेको छ । विना अनुमति रुख काटेको उजुरी परेपछि डिभिजन वन कार्यालय सुनसरीले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

छानबिन समितिमा बिष्णुपादुका सबडिभिजन वन अधिकृत महेश कुमार शाह संयोजक छन् । यस्तै पञ्चकन्या सब डिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे छानबिन समितिका सदस्य रहेको डिभिजन कार्यालय सुनसरीले जनाएको छ ।

छानबिन समितिले स्थलगत जाँचबुझ गरी तयार गरेको प्रतिवेदन अनुसार सजायको व्यवस्था हुने जनाइएको छ । छानबिन समितिले स्थलगत जाँचबुझ गरी तयार गरेको प्रतिवेदन अनुसार सजायको व्यवस्था हुने डिभिजन कार्यालय सुनसरीका प्रमुख खुद्रोस मियाँले बताएका छन् ।

रुख काटे नकाटेको के हो ? यसबारेमा स्थलगत छानबिन गरेर छानबिन समितिको प्रतिवेदनको आधारमा वन ऐन अनुसार सजाय हुन्छ मियाँले भने । प्रमुख मियाँले‘वन क्षेत्र भित्र इजाजतबिना रुख काट्ने छुट कसैलाई नभएको बताए ।

बिष्णुपादुका सामुदायिक बन उपभोक्ता समितिले धरान नगरपालिकाका प्रमुख साम्पाङले फायर लेन बनाउनका लागि सामुदायिक वनका रुख काटेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार