
दाङका रेडक्रस पूर्वअध्यक्ष नारायण आचार्यले आफैँ माथि गोली चलाएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनले आज घरमै रहेकाबेला लाइसेन्स वाला बन्दुकले आफैंमाथि गोली चलाएका हुन् ।
गोली लागेर आचार्यको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले किन र के कारणले आफैंमाथि गोली चलाए भन्ने बारे खुलेको छैन ।
गोली चलेको जानकारी प्रहरीले आज दिउँसो साढे ३ बजे पाएको थियो । लगत्तै लुम्बिनी प्रदेश प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको जस्तो देखिए पनि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।