
काठमाडौं महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् । बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च प्रहरी अधिकारीका अनुसार श्रीमानसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएकी हुन् । अहिले उनको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ । उनको पेट, छाती र वाँया हात गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ ।
घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ ।