Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

अब निजी शिक्षक खटाएर पढाइने


आन्दोलनबाट शिक्षकहरु विद्यालय फर्कने छाँटकाँट नदेखिएको भन्दै सिरहा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ’इन्द्रजित कुमार गोठियाले एक सुचना जारी गर्दै अब निजी शिक्षक राखेर पढाउने बताएका छन् ।

करिब एक महिनादेखि जारी शिक्षक आन्दोलनका कारण गरिबका छोराछोरी पढ्न नपाउँदा मन दुखेको बताउँदै उनले गरिबका छोराछोरी पढाइबाट बञ्चित भएको भन्दै अब विद्यालयमा निजी शिक्षक राखेर बढाउने बताएका हुन् ।

‘यो आनदोलन ले गर्दा गरिब, निमुखा, दलितको छोराछोरीहरु शिक्षाबाट बन्चित भैरहेको देखेर हाम्रो मन दुखेको छ अधिकांश शिक्षक शिक्षिकाको छोराछोरीहरु निजि विद्यालयमा अध्यनरत रहेकोले मारमा खालि गरिब, निमुखा, दलितको बालबालिकाहरु परेको छ हामी निर्वाचित जनप्रतिनिधि भएको हुनाले सिरहा नगरपालिका वडा नं. ६ को सबै बालबलिकाहरुको लागि निजी शिक्षक राखेर पठनपाठन सुचारु गर्न गैरहेको यसै सुचनामार्फत सबैलाई जानकारी गराउन चाहान्छौं’, सूचनामा भनिएको छ ।

केहि विद्यालयहरुमा अभिभावकले नै आफ्ना नानीबाबुहरुलाई पढाउन थालेका छन् । यता २८ दिनदेखि सडक आन्दोलनरत शिक्षकले सरकारसँग आज (वैशाख १६) सहमति नभए सामूहिक गिरफ्तारी दिने भएका छन् ।

नेपाल शिक्षक महासंघका महासचिव ज्ञानेन्द्र रावलले आज राति १२ बजेसम्म पनि सहमति नभए भोलिदेखि निषेधित क्षेत्रमा सामूहिक गिरफ्तारी दिने र आन्दोलन झनै चर्काउछौँ बताएका छन् । सोमबार (वैशाख १५) मध्यरातसम्म शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षकबीच वार्ता भएको थियो ।

मन्त्रालयले पनि आज सहमति हुनेमा आशावादी रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार