Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

तीनकुने घटनामा संलग्न रहेको आरोपमा सेढाईं पक्राउ


तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक घटनामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खेमराज सेढाईं रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनलाई सुकेधाराबाट सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । उनी सोमबार सुकेधारास्थित एक पार्टी प्यालेसमा भएको नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको छलफलमा समेत सोमबार रहेका थिए ।

उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ । उक्त छलफल सकिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
१५ चैतमा भएको राजावादी प्रदर्शनमा प्रहरीले थुप्रैलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार