Logo
१४ श्रावण २०८३, बिहीबार
|  Fri Jul 31 2026

डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै २० लाख ठगी गर्ने युवती पक्राउ


डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै २० लाख ठगी गर्ने युवती पक्राउ, युवकलाई क्यानडा लैजाने देखाएकी थिइन् सपना ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै ठगी गरेको आरोपमा एक जना युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका–८ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारी छिन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अधिकारीले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजान सक्ने प्रलोभन देखाएका थिए । त्यसपछि पीडित युवकसँग २० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेकी थिइन् ।

अधिकारीलाई बिहीबार काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार