
डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै २० लाख ठगी गर्ने युवती पक्राउ, युवकलाई क्यानडा लैजाने देखाएकी थिइन् सपना ।
डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै ठगी गरेको आरोपमा एक जना युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका–८ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारी छिन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अधिकारीले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजान सक्ने प्रलोभन देखाएका थिए । त्यसपछि पीडित युवकसँग २० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेकी थिइन् ।
अधिकारीलाई बिहीबार काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको छ ।