Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

नेविसंघमा भाँडभैलो, २ केन्द्रीय सदस्यसहित ६ नेतालाई कारबाही


नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले दुई जना केन्द्रीय सदस्यसहित ६ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

नेवि संघले केन्द्रीय सदस्यहरु अशोक सिंह बिष्ट, विजय शाह (अनुराग), जितेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय, हिमेन्द्र शर्मा र शेखर रोकायलाई कारबाही गरेको हो ।

आरआर क्याम्पस स्ववियू अनेरास्ववियुसँग मिलेर निर्विरोध गराउन भूमिका खेलेका उनीहरूलाई दुजाङले स्पष्टीकरण सोधेका थिए ।

अशोक सिंह विष्ट गृहमन्त्री रमेश लेखकनिकट हुन् भने अनुराग प्रकाशशरण महतनिकट हुन् ।

 


प्रतिक्रिया दिनुहोस !
विचार