Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

मोटरसाइल चोेरेर भाग्दै गर्दा ट्रिपरसँग ठोक्किएर गम्भिर घाइते


मोटरसाइल चोेरेर भाग्दै गरेका एक युवा ट्रिपरसँग ठोक्किएर गम्भिर घाइते भएका छन् । बज्रयोगिनीबाट मोटरसाइकल चोरेर काठमाडौंको नारायण गोेपालतर्फ भाग्दै गरेका धादिङका २० वर्षीय दार्ताराम तामाङ नारायणगोपाल चोक नजिकै ट्रिपरसँग ठोक्किएका हुन् ।

धादिङको गजुरी ७ का तामाङले कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित बज्रयोगिनीबाट बा.प्र. ०२–०४१ प ३९३८ नम्बरको मोटरसाइल लिएर भागेका थिए । उक्त मोटरसाइकल अनिल स्याङ्बोको भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नारायणगोपाल चोक नजिकै उक्त मोटरसाइकल बा ४ ख १२०३ नम्बरको ट्रिपरसँग ठोक्किएको थियो । घाइते तामाङको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ । तामाङको स्वास्थ्य अवस्था गम्भिर छ ।

टिप्पर चालक फरार छन् । टिप्पर चालकको खोजी भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार