Logo
१४ श्रावण २०८३, बिहीबार
|  Fri Jul 31 2026

बालेन शाहले हटाए प्रवक्ता


बालेन शाहले काठमाडौं महानगरपालिका १७ का वडाध्यक्ष नवीन मानन्धरलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका छन् । साहले कार्यपालिकाअन्तर्गत ४ वटा समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर गर्ने क्रममा मानन्धरलाई प्रवक्ताबाट हटाएका हुन् ।

वडाध्यक्ष नवीन मानन्धरसँग पछिल्लो समय बालेनको लय मिल्न छाडेको थियो। पटक पटक बालेनको निर्णय र कामसँग रुष्ट बन्दै आएका मानन्धर पछिल्लो पटक प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय भित्र्याउने सन्दर्भमा अग्रणी भूमिकामा थिए।

मानन्धरको ठाउँमा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति ल्याइएका छन्। उनी सूचना प्रविधि समिति संयोजक तथा प्रवक्ता बनाइएका छन् । बिहीबार बसेको बैठकले नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको हो ।

संयोजक परिवर्तन गरिएका समितिहरूमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन्। यी समितिमा क्रमशः नवीन मानन्धर, ख्यामराज तिवारी, आशामान संगत र मचाराजा महर्जन संयोजक थिए।

अब ती समितिमा क्रमशः वीरेन्द्र प्रजापति, दलबहादुर कार्की, विनोद कुमार राजभण्डारी र रोजिना श्रेष्ठ संयोजक तोकिएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार