Logo
५ आश्विन २०८३, सोमबार
|  Mon Sep 21 2026

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट पाँचौ पटक हेर्न नमिल्नेमा


पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको सुनुवाई सोमबार पनि स्थगित भएपछि रास्वपा नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका छन् । बारम्बार बन्दी प्रत्यक्षीकरणको सुनुवाई तोकेर पनि स्थगित गरेपछि रास्वपा कार्यकर्ताहरुले रबिमाथि निकै ठूलो षड्यन्त्र भइरहेको बताएका छन् ।

रास्वपा नेता कार्यता तथा रवि समर्थकहरु आज रवि छुट्ने आशामा थिए । सर्वोच्च अदालतले मंगलबारका लागि पेसी तोकेको छ । सर्वोच्च प्रशासनले सोमबार पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित गरेको हो ।

यसअघि हिजो (आइतबार) न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न आदेश जारी गरेको थियो ।
आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

यद्यपि उक्त पेसी पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित भएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार