Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झन्डा


विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.) मा अनेरास्ववियु २४ औं राष्ट्रिय महाधिवेशनको लोगो र झन्डा फहराएको छ । जेठ ५ गते सोमबार बिहान ८ः ४० बजेको समयमा विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाले लोगोे र झन्डा फहराएका हुन् ।

अनेरास्ववियुले इतिहासमै पहिलोे पटक आफ्नो संगठनको झन्डा सगरमाथाको चुचुरोमा पुर्‍याएको भन्दै आरोही शेर्पालाई धन्यावाद ज्ञापन गरेको छ ।

अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले विज्ञप्ती जारी गर्दै लेखेका छन्, ‘यो गौरवपूर्ण अभियानमा विश्व प्रसिद्ध हिमाल आरोही मिङ्मा डेभिड शेर्पाको महत्वपूर्ण साथ र योगदान रहेको थियो। उहाँलाई हाम्रो संगठन तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं।’

‘अनेरास्ववियुले जलवायु परिवर्तनको असर र हिमाली पारिस्थितिकी तन्त्रको संरक्षणलाई केन्द्रमा राखी भावी अभियानहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। हामी वातावरणीय न्याय, हिमालको संरक्षण तथा दिगो विकासका पक्षमा दृढ रहँदै अघि बढ्नेछौं।’ विज्ञप्तीमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार