Logo
२९ जेष्ठ २०८३, शुक्रबार
|  Sat Jun 13 2026

नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा


CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौँको नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँच जनाभन्दा बढि व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरेका हुन् ।

शनिबार (जेठ १७) देखि आगामी असार २४ गतेसम्म केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने भएको हो ।

बिहीबारदेखि राजावादी प्रदर्शन सुरु भएसँगै सो क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो । राजावादीले बिहीबार शान्तिबाटिका र शुक्रबार माइतीघर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

उनीहरुले शनिबार नारायणहिटि दरबारमागस्थित प्रदर्शन गर्ने घोषणा गरेका थिए तर नारायणहिटि दरबार क्षेत्रमा निषेधाज्ञा जारी भएपछि उनीहरुले आज फेरि रत्नपार्क शान्तिबाटिकामा प्रदर्शन गर्ने भएका छन् ।

उनीहरूले नारायणहिटी क्षेत्रमा समेत प्रदर्शनको तयारी गरेका छन्। राजसंस्था पुनस्र्थापनाको माग पूरा नभएसम्म आन्दोलन जारी रहने राजावादीहरूले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार