Logo
६ माघ २०८२, मंगलवार
|  Tue Jan 20 2026

राजावादी आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक जना पक्राउ


राजावादीको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ। राजावादीहरूले थालेको तेस्रो दिनको आन्दोलनमा घुसपैठको आरोपमा एक जनालाई पक्राउ गरिएको हो। उनको परिचय खुलाइएको छैन।

राजावादीहरूको आन्दोलन अहिले नारायणहिटीमा निषेधित क्षेत्र तोकिएपछि शान्तिबाटीकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेको छ। आफूहरुले प्रदर्शन गर्न लागेको ठाउँलाई निषेधित क्षेत्र तोकेपछि राप्रपाले राजावादीसँग सरकार डराएको निष्कर्ष निकालेको छ।

बैठकको समीक्षा गर्न आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निषेधित क्षेत्र तोक्नाले सरकार डराएको र कमजोर भएको पुष्टि भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

उनले राजसंस्था पक्षधर र गणतन्त्रका पक्षधरहरूको शक्ति मूल्याङ्कन आम जनताले गरिरहेको भन्दै एमालेको जेठ १५ गतेको प्रदर्शन पनि प्रमाण भएको सुनाए।


प्रतिक्रिया दिनुहोस !
विचार