नारायणचौरमा भएको राजावादीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । जुलुस लिएर बालुवाटार जाने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।
प्रहरीले घिस्याएर झ्यानाकुटी पार्दै थापालाई भ्यानमा हालेको हो । यस क्रममा थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारावाजी गरे । राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जनाएका छन् ।
निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि पक्राउ गरिएको जनाइएको छ । थापासहित थप अन्य व्यक्ति पनि पक्राउ परेका छन् ।





