Logo
१८ बैशाख २०८३, शनिबार
|  Sat May 2 2026

आरजु मन्त्री भएदेखि उपलब्धिबिहिन विदेश भ्रमणमा व्यस्त, १० महिनामा १०४ दिन घुमघाम


परराष्ट्रमन्त्री आरजु राणा देउवाले मन्त्री भएको १० महिनामा १८ पटक विदेश भ्रमण गरेकी छिन् ।  नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार गठन भएपछि २०८१ असार ३१ गते परराष्ट्रमन्त्रीमा नियुक्त भएकी राणा त्यसयता अहिलेसम्म १३ देशमा १८ पल्ट पुगिसकेकी छिन् ।

उनी गएराति हङकङको चारदिने भ्रमण पूरा गरेर फर्किएकी छन् । परराष्ट्रमन्त्री डा. राणा देउवा अघिल्लो हप्तामात्रै पाँचदिने जापान भ्रमणबाट फर्केकी थिइन् । जापानबाट फर्किएपछि उनको प्रतिक्रिया थियो, “जापान भ्रमण उपलब्धिमूलक रह्यो ।”

उनको सचिवालयले एक साताअघि जारी गरेको विज्ञप्तिअनुरुप भ्रमण ‘उपलब्धिमूलक’ हुनुमा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता, नेपाल जापान सहयोग र परियोजनाबारे कुराकानी हुुनु । उक्त कार्यक्रम एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल– एफडब्लुईएपी) ले आयोजना गरेको हो । यो सार्वजनिक हितमा काम गर्ने प्रतिष्ठान हो ।

प्रतिष्ठानको आधिकारिक वेबसाइटमा उल्लेख गरिएअनसार एफडब्लुईएपीले भियतनाम युद्धका अनाथहरूका लागि राहत र इन्डो–चिनियाँ शरणार्थीहरूलाई जापानमा बसोबास गर्न सहयोग प्रदान गर्ने गर्छ । यो प्रतिष्ठानले हाल कन्भेन्सन शरणार्थीहरू र पुनस्र्थापित शरणार्थीहरूलाई सहयोग पनि गर्छ । “परराष्ट्रमन्त्री जुन कार्यक्रमका लागि जापान प्रस्थान गरेकी थिइन्, खासमा उनी जानै नपर्ने कार्यक्रम भएको

परराष्ट्र मन्त्रालय उच्च स्रोत बताउँछ । स्रोतका अनुसार “परराष्ट्रमन्त्री जस्तो मान्छे जस्तो पायो त्यस्तै कार्यक्रममा सहभागी हुँदा देशको मान प्रतिष्ठामा आँच आउँछ ।” परराष्ट्र मन्त्री भएपछि राणाको अनावश्यक विदेश भ्रमण यो पहिलो पटक भने होइन । यसअघि पनि उनी यस्ता थुपै्र कार्यक्रममा सहभागी भएकी छन् । मन्त्रालयका उच्चस्तरीय कर्मचारीले नजान सुझाएका कार्यक्रममा पनि उनी जाने गरेको भनाइ स्रोतको छ ।

राणाले ३१ असार २०८१ का दिन परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकी थिइन् । ्उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेको ३१५ दिन (करिव साढे १० महिना) बितेको छ । यो साढे १० महिनाको अवधिमा परराष्ट्रमन्त्री राणाले १३ देशको भ्रमणमा १८ पटक निस्केकी छन् । उनले कुनै देशमा तीन–तीन पटक सम्म भ्रमण गरेकी छन् ।

कार्यभार सम्हालेयता परराष्ट्रमन्त्री राणाले १०४ दिन विदेश भ्रमणमा बिताएकी छन् । उनी अनावश्यक काममा समेत भ्रमणमा गएर लामो समय बिताउने गरेको मन्त्रालय स्रोत बताउँछ ।


प्रतिक्रिया दिनुहोस !
विचार