बालेन शाहले काठमाडौंको मेयर चुनिने वित्तिकै बुल डोजर लगाएर अनधिकृत संरचना हटाउन सुरु गरेका काम अहिले काठमाडौंका स्थानियहरु आफैंले सुरु गरेका छन् ।
काठमाडौको जडिबुटी–पेप्सीकोला सडक किनाराका अनधिकृत संरचना स्थानीय आफैले हटाउन थालेका हुन् । सडक विभाग र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा सूचना जारी गरेर सडकको दुवैतर्फका १५/१५ मिटरका संरचना हटाउन निर्देशन दिएको थियो।
महानगर स्रोतका अनुसार त्यसका लागि ३५ दिनको अल्टिमेट दिइएको थियो । गोरखापत्रमा सूचना जारी भएपछि वैशाख ३० गते सडकको दायाँबायाँमा रहेका संरचना ३५ दिनभित्र हटाउन सूचना टाँसेर माइकिङ गरिएको थियो ।
अल्टिमेटम सकिनुअघि नै स्थानीयहरूले सडकको दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन थालेका हुन्। उक्त सडकमा २०५८ मंसिर १८ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार सडकको दुवैतर्फको १५/१५ मिटर सडकको सीमा कायम गरेका र २०८२ वैशाख १० गते चिनो लगाइएको विभागले जनाएको छ।





