अनेरास्ववियुको २४ औं महाधिवेशनमा धादिङ्गका उदयमान सक्रिय युवा नेता सुनिल कडेलले महासचिव पदमा उम्मेदवारी दिएका छन्। लामो समय त्रिचन्द्र कलेजको उपाध्यक्ष रहि अध्यक्ष हुँदै अनेरास्ववियु २३ औं महादिवेशनबाट केन्द्रिय सदस्य बनेका कडेलको उम्मेद्धारीले उनीप्रति विद्यार्थी युवा माझ लोकप्रियता झनै बढेको देखिएको छ ।
काठमाडौंमा चलिरहेको महाधिवेशनमा कडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारप्रसारमा होमिएका छन् । पारीवारिक पृष्ठभुमि गैर राजनीतिक भएता पनि कडेलको आफ्नो बिचार, ईमान्दारिता एवं बिचार प्रस्तुत गर्ने शैलि निकै फरक छ । यहि कारण पनि उनी विद्यार्थी माझ निकै लोकप्रिय छन् ।
संगठनमा लामो समयदेखि समर्पित कडेल संगठनात्मक दक्षता, वैचारिक स्पष्टता तथा मिलनसार स्वभावका कारण जिल्लामा मात्रै होइन, देशव्यापी रूपमा पनि परिचित छन्।
उनलाई नजिकबाट चिन्ने विद्यार्थी तथा सहकर्मीहरूले उनको संगठनप्रतिको लगाव, वैचारिक परिपक्वता र नेतृत्व क्षमता खुलेर प्रशंसा गर्ने गरेका छन्। होनहार विद्यार्थी नेता मानिने कडेलले विद्यार्थी आन्दोलनलाई प्रभावकारी ढंगले अगाडि बढाउन सक्ने सशक्त क्षमता रहेको विद्यार्थी वृत्तमा विश्वास गरिन्छ।
अनेरास्ववियुको २४ औं महाधिवेशनमा उनको उम्मेदवारीले संगठनभित्र प्रतिस्पर्धा थप चर्किनुका साथै नयाँ पुस्ताका नेताहरूको उदयमा सशक्त सन्देश दिने विश्लेषण भइरहेको छ ।







