Logo
२६ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 9 2026

सुनचाँदी व्यवसायीहरु आन्दोलनमा


व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सुनचाँदी र हिराका गरगहना पसलेहरूले विलासिताको वस्तु नभएकोले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न पनि माग गरेका छन् ।

अहिले सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ ।

व्यवसायीहरूले भने सुन पनि विलासिताको वस्तु नभएको तर्क गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सुनचाँदी कारोबारको लागि व्यवसयीमैत्री एवं उपभक्तामुखी प्रष्ट नीति(नियमावली र निर्देशिका निर्माण गर्न माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार