Logo
२७ कार्तिक २०८२, बिहीबार
|  Thu Nov 13 2025

मोबाइल व्यापारीबाट ५ लाख असुलेको आरोपमा ५ जना घुमुवा प्रहरी पक्राउ


बाँकेमा सादा पोशाकमा खटाइएका प्रहरीहरू मोबाइल व्यवसायीसँग रकम असुलेको आरोपमा पक्राउ परेका छन् । अरु २ जनालाई पनि नियन्त्रणमा लिइएको छ ।

कोहलपुरको थ्रिस्टार मोबाइल पसलबाट लागुऔषधसहित मुद्दामा फसाइदिने भन्दै प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा र सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरीले आफूसँग ५ लाख असुलेको भन्दै थ्रिस्टार मोबाइल पसलका सञ्चालकले उजुरी हालेका थिए ।

मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र पत्रकार सूर्यप्रसाद रिजालले समेत घुमुवासँग मिलेमतो गरेको पाइएको छ ।

यही जेठ २१ गते जानकी गाउँपालिका( ६ प्रिप्रहवाको एक खाजा पसलमा उनीहरूले ५ लाख नगद बुझेका थिए । पैसा बुझ्न उनीहरू भारतीय नम्बर प्लेटको यूपी ५० एए ९८८५ नम्बरको कार चढेर आएको ती व्यवसायीले बताए । उनीहरूले पैसा बुझेको भिडिओ सीसी टीभीमा कैद छ ।

डर, धम्की देखाई रकम असुलीमा तीनजना घुमुवा र थप २ जनालाई पक्राउ गरिएको इप्रका कोहलपुरका प्रमुख डीएसपी लक्ष्मी खनालले बताइन् । आपराधिक लाभको कसुरमा उनीहरूमाथि हिजो अदालतबाट म्याद थप भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार