Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

संसदमा गृहमन्त्री लेखकले भने– भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन


गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताए। यस प्रकरणमा कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनु नपर्ने उनको भनाइ थियो।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनि गरिएको प्रचार प्रसार समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन। उक्त कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा सदनमा जानकारी गराउन चाहान्छु,’ गृहमन्त्री लेखकले भने।

उनले आफ्ना विरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले, राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको पनि दाबी गरेका थिए।

‘जसको म यो सम्मानित सदनबाट खेद प्रकट गर्न चाहान्छु। र म साथिहरूलाई आग्रह गर्न चाहन्छु–संवैधानिक निकायले छानबिन गरिराखेको विषयलाई कुनै पनि मन्त्रीसँग जोड्ने वा सरकारसँग जोड्ने र जबाफ दिने हो भने हिजो कति मन्त्रीहरूले जबाफ दिनुभएको थियो, त्यसको ताकत साथीहरूसँग छ?’ उनले प्रश्न गरे।

गृहमन्त्री लेखक रोस्टमबाट धारणा राखिँरहँदा रास्वपा सांसदहरूले उनको राजीनामा र छानबिन समिति माग गर्दै नाराबाजी गरेका थिए भने वेल घेराउ गरेका थिए। राप्रपा सांसदहरू भने उठेर विरोध गरिरहेका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार