Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

विप्लब पनि सर्वपक्षीय सरकारका पक्षमा, ओलीसँग कसरी मिल्यो बोली ?


वर्तमान संकटको निकासका लागि सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लबले पनि जोड दिएका छन् । अपदस्थ प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारिरहेका बेला विप्लबको पनि यस्तो प्रस्ताव आएको हो ।
चुनावी प्रयोजनका लागि दल दर्ताको प्रकृयामा रहेका विप्लब र वर्तमान सरकारप्रति रुष्ट रहेका अपदस्थ प्रधानमन्त्री केपी शर्मा ओलीको यो बोलीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार