Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

ब्राजिलकी गायिका मेन्डोन्काको हवाई दुर्घटनामा निधन


ब्राजिलकी चर्चित गायिका मारिलिय मेन्डोन्काको हवाई दुर्घटनामा परी निधन भएको छ। एक कन्सर्टका लागि सहभागी हुन जाने क्रममा हवाई दुर्घटना हुँदा २६ वर्षीया उनको निधन भएको बीबीसीले जनाएको छ।

उक्त हवाई दुर्घटनामा परी उनका एक जना आफन्त, एक जना प्रोड्युसर र दुई जना विमानका क्रिउ मेम्बरको निधन भएको बताइएको छ। ब्राजिलको मिनास गेरिस राज्यमा भएको उक्त दुर्घटना के कति कारणले भएको हो भन्ने बारेमा खुल्न सकेको छैन।

मेन्डोन्का सन् २०१९ को ल्याटिन ग्रम्मी विजेता हुन्। उनी महिलाहरुको असफल सम्बन्धका बारेमा आवाज उठाउने गायिका हुन्। सानैबाट गायन पेशामा आवद्ध उनी सन् २०१६ बाट चर्चाको शिखरमा पुगेकी थिइन्। ब्राजिलमा उनलाई ‘क्विन अफ सफरिङ’ उपनामलेसमेत चिनिन थालिएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार