Logo
९ श्रावण २०८३, शनिबार
|  Sat Jul 25 2026

नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि गर्यो लाभांश घोषणा


नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२।५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ४ प्रतिशत बोनस सेयर र ८।५ प्रतिशत नगद लाभांश रहेको छ ।

२१ करोड ८९ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । नियामक बीमा प्राधिकरण र आगामी साधारणसभामा सो प्रस्ताव लगिने र प्रस्ताव स्वीकृत भएपछि वितरण हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार