नेपाली बजारमा केहि दिन देखि लगातार ओरालो लागेको सुन आज साता को दोस्रो कारोबार को दिन उकालो लागेर हालसम्मकै रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो ।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँ रहेको थियो । महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ४ हजार १०५ रुपैयाँ रहेको चाँदीको मूल्य बढेर सोमबार ४ हजार २३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।




