साताको चौथो कारोबारको दिन सेयर बजार उकालो लागेको छ । बुधबार बजार १.३७ अंक बढेको हो । यससँगै बजार मापक २५८५.८७ विन्दुमा उक्लिएको छ ।
बजार बढ्दा १११ कम्पनीको सेयर मूल्य बढेको छ । १४२ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
बजार बढेपनि कारोबार रकम भने घटेको छ । यसदिन ३ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिन ३ अर्ब ३९ करोडको सेयर किनबेच भएको थियो ।
सामान्य अंकले बजार बढेसँगै इन्फिनिटी लघुवित्त, नेशनल हाइड्रो, हिमस्टार ऊर्जा कम्पनी, सिद्धार्थ बैंक, नबिल डिबेन्चर लगायतका कम्पनी उच्च कमाउने रहे ।
ग्रामीण विकास लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, सुपरमादी, लुम्बिनी विकास बैंक, सिटिजन लाइफ इन्स्योरेन्स उच्च गमाउने शीर्ष स्थानमा रहे ।
एसवाई प्यानल, मन्जुश्री फाइनान्स, तह्रथुम पावर, ङादी ग्रुप, सिद्धार्थ बैंक लगायतका सेयर धेरै किनबेच भएका छन् ।
समूहगत सूचकतर्फ बैंकिङ, होटेल तथा पर्यटन, म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ, म्युचअल फन्ड, नन लाइफ इन्स्योरेन्स, टेड्रिङ सूचक हरियो रहँदा बाँकी समूह घटेका छन् ।




