Logo
३ असार २०८३, बुधबार
|  Wed Jun 17 2026

सुनको मूल्यमा अर्को कीर्तिमान, कति पुग्यो ?


साताको पहिलो दिन आइतबार (पुस १३) सुनको मूल्यले अर्को ‘रेकर्ड’ बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगो बनेको छ ।

यस दिन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार (पुस ११) पनि कीर्तिमान कायम भएको थियो । सो दिन तोलामै १८ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलाको चार हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

शुक्रबार भने चार हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार