हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४ सय रुपैयाँको ८ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । कम्पनीले कुल २० करोड १२ हजार ५ सय ९२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।





