Logo
११ चैत्र २०८२, बिहीबार
|  Thu Mar 26 2026

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


साताको कारोबारको अन्तिम दिन सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य निर्धारण गर्दा सुनको मूल्य वृद्धि र चाँदीको गिरावट आएको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ८३५ रुपैयाँ कायम भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार