एनआईसी एसिया बैंकले आफ्ना ग्राहकका लागि लकर सेवामा ३० प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराएको छ । बैंकले बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजात सुरक्षित राख्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै यो विशेष छुट योजना ल्याएको हो ।
बैंकका अनुसार ६ माघ २०८२ सम्म लागु हुने यस योजनाअन्तर्गत लकर सेवा लिने ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्नेछन् । यसअघि उपलब्ध छुट सुविधालाई बढाएर ३० प्रतिशत पुर्याइएको बैंकले जनाएको छ ।
एनआईसी एसिया बैंकले मुलुकभरका विभिन्न शाखामार्फत ग्राहकको आवश्यकताअनुसार विभिन्न आकारका लकर सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले यस छुट योजनाले ग्राहकलाई लकर सेवा प्रयोग गर्न अझ सहज, सरल र सहुलियत हुने विश्वास लिएको छ ।
लकर सेवासम्बन्धी थप जानकारीका लागि नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ तथा ०१–५९७०१०१ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।





