Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

एनएमबि बैंकको ३०औँ बार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । एनएमबि बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा सम्पन्न भएको हो ।

वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१\८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै २८३.६५ अर्ब निक्षेप संकलन र २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको छ । सो अवसरमा सहभागी शेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकका विविध पक्षमाथि छलफल गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !
विचार