Logo
६ श्रावण २०८३, बुधबार
|  Thu Jul 23 2026

सुनचाँदीको मुल्य उच्च विन्दुमा


साता को दोस्रो कारोबार को दिन सोमबार नेपाली बजारमा आज सुनचाँदीको मुल्य उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ४१ सयले बढेर तोलाको २ लाख ७४ हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले बढेर तोलाको ५१९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार चाँदी तोलाको ४९९० रुपैयाँमा कारोबार भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार