Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

नागरिक लगानी कोषले पुनर्निर्माण कोषमा दियो ५१ लाख


नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

कोष अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

यससँगै कोषमा कुल सहायता रकम १४ करोड ७ लाख रुपैयाँ जम्मा भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । कोषमा पुर्‍याएको योगदानका लागि अर्थमन्त्री खनालले सरकारका तर्फबाट नागरिक लगानी कोषलाई धन्यवाद दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार