Logo
१२ श्रावण २०८३, मंगलवार
|  Wed Jul 29 2026

कामना सेवा विकास बैंकले बाँड्यो विद्यालयलाई कुर्सी तथा न्यानो कपडा


कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेत शाखामार्फत वीरेन्द्रनगरको पर्सेनीस्थित श्री कोपिला माध्यमिक विद्यालयलाई कुर्सी तथा न्यानो कपडा वितरण गरेको छ।

बैंकका सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले विद्यालयका प्रधानाध्यापक टेकनारायण उपाध्यायलाई ८० थान कुर्सी हस्तान्तरण गर्नुका साथै ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । उक्त सहयोगले विद्यालयमा अध्ययनरत विपन्न तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास शाखा प्रमुख आचार्यले व्यक्त गरे।

जाडोयाममा कुर्सी तथा न्यानो कपडा प्राप्त हुँदा विद्यार्थीहरूको दैनिकी सहज हुनुका साथै उनीहरूको जीवनमा न्यानोपन, सुरक्षा र आत्मबल थपिने विद्यालयका प्रधानाध्यापक उपाध्यायले बताए। उनले यस मानवीय पहलप्रति बैंकप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।बैंकले आगामी दिनहरूमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार