Logo
७ श्रावण २०८३, बिहीबार
|  Fri Jul 24 2026

३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार


साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.१२ अंकले बढेको छ । ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६७२.५५ बिन्दुमा पुगेको हो ।

आज नेप्से बढ्दा २२४ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने ३१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आइतबार सागर डिस्ट्रीलरीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने थ्री स्टार हाइड्रोको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्से बढेसँगै सबै समूहको सबै उपसूचक हरियाली बनेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार